लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार
काठमाडाैं | माघ ११, २०७९
काठमाडौं: सेयर बजार लगातार दोस्रो दिन बढेको छ । बुधबार १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो । मंगलबार समेत बजार बढेको थियो ।
मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत केही बढेको छ । बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ, वित्त र अन्य उपसूचकबाहेक अन्य सबै उपसूचक उकालो लागेको छ ।
बुधबार सबैभन्दा धेरै होटेल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् ।
यस दिन ग्रीनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र वलेफी हाइड्रोपावरको सकारात्मक सर्किट लेवलमा कारोबार भयो ।
आरबीबी म्यूचअल फण्ड सबैभन्दा धेरै ५.७० प्रतिशतले घट्यो । जानकी फाइनान्स, पिपुल्स हाइड्रो, सेन्ट्रल फाइनान्ससहितका लगानीकर्ताले आज धेरै गुमाए ।
नेशनल हाइड्रो, हिमाल दोलखा हाइड्रो, ग्रीनलाइफ हाइड्रो, अपर तामाकोशीसहितका कम्पनीको आज धेरै कारोबार भएको छ ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

